‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हाँडिगाउँ जात्रा सुरु भएको छ ।

काठमाडौंको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट यो जात्रा हुन्छ । यो जात्रा स्थानीय परम्परा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा हेरिन्छ ।

आजबाट सुरु भएको जात्राले हाँडिगाउँ क्षेत्रको मुख्य सडक र गल्लीहरूलाई रथ, नाचगान र पूजापाठले भरिपूर्ण बनाएको छ । जात्राको अवसरमा स्थानीयवासीहरूले घर आँगनमा दीप प्रज्वलन गर्दै, देवता र पितृको पूजा गर्ने चलन छ ।

परम्परागत वेशभूषा, नेवारी बाजा, देवीदेवताका मूर्तिहरूको प्रदर्शन र स्थानीय युवाहरूको उत्साहले जात्रामा थप रौनक थपेको छ ।

स्थानीय बासिन्दाका अनुसार, हाँडिगाउँ जात्रा स्थानीय नाग र देवी देवतालाई सम्झने तथा समुदायको शुद्धिकरण गर्ने परम्परासँग जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =