संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनःस्थापनाको माग लिएर अदालत जाने बताएका छन् ।
बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले एमाले संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताए ।
‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं’ उनले भने ।
नेता बस्नेतले संसद पुनस्र्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भईरहेको समेत बताए ।
उनले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताए । ‘म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं’ उनले भने ।
नेता बस्नेतले जेनजी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए÷नभएको छानविन गर्नुपर्ने माग गरे ।








