केही बिदामा रहेका कामदारहरूले पारिश्रमिक नपाउन सक्छन् : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो ।

डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताए । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता तलव नपाउन सक्छन् भन्ने बारेमा थप विवरण प्रदान भने गरेनन् । ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिइरहेका छन् ।

३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीहरूको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका थिए । कानून पारित हुनुअघि, अमेरिकी काँग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारहरूको लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ ।

गत हप्ता कंग्रेसनल बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग ७ लाख ५० हजार संघीय कामदारहरूलाई बिदामा राख्ने अनुमान गरिएको छ । आवश्यक मानिएका संघीय कामदारहरू- जस्तै हवाई ट्राफिक नियन्त्रकहरू र कानून प्रवर्तन अधिकारीहरू- सरकार पुनः नखुलेसम्म तलव बिना काम गरिरहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =