पश्चिम भारतको अस्पतालमा आगलागी हुँदा ६ बिरामीको मृत्यु
२०८२ असोज २१ गते

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानको सरकारी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्र ठूलो आगलागी हुँदा ६ बिरामीको मृत्यु भएको स्थानीय प्रहरीले सोमवार पुष्टि गरेको छ ।
राजस्थानको राजधानी जयपुरमा रहेको सवाई मान सिंह अस्पतालमा आईतवार र सोमवार राति आगलागी भएको थियो ।
आगलागी सर्ट सर्किटका कारण भएको प्रहरीले जनाएको छ । अस्पतालको दोस्रो तल्लामा आईसीयू रहेको थियो । प्रहरीकाअनुसार आगो छिटो फैलियो र विषाक्त ग्यास निस्कियो ।
जसले गर्दा बिरामीहरूको मृत्यु भयो । आगलागी हुँदा आईसीयू भित्र जम्मा ११ बिरामी थिए । पाँच बिरामीलाई आगोबाट बचाउन सकिएको तर अवस्था गम्भीर रहेको बताइएको छ ।
२०८२ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








