भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
२०८२ असोज २० गते

फाइल तस्बिर
भैरहवा । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।
नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।
भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए ।
२०८२ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








