इनरुवामा ६० वर्षीया वृद्धा दुई दिनदेखि बेपत्ता
२०८२ असोज २० गते

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन् । दसैँको टीका लगाउन मावल जाँदै घरबाट निस्किएकी उनी शनिबार बिहानपछि अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेका अनुसार दाहाल इनरुवा–३ सखुवागाछीस्थित मावलतर्फ टीका लगाउन हिँडेकी थिइन् । तर, दिनभर कुर्दा पनि घर नफर्केपछि परिवारले खोजी थालेको थियो ।
अहिले विभिन्न सम्भावित स्थानमा खोजी तीव्र पारिएको र स्थानीयवासीको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवार र स्थानीयहरू वृद्धा दाहालको सुरक्षित फिर्तीको प्रतीक्षामा छन् । प्रहरी प्रशासनले कसैलाई देखे वा जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।
२०८२ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








