पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै

उदयपुर । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् ।

आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् ।

बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो ।

बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन समान्य बन्दै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =