दशैँको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) को बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल शुरु भएको छ ।

सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल शुरु भएको हो ।

यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैँको टीका लगाउने गरिन्छ ।

फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो ।

सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =