जलवायु विभागद्वारा एकैदिन पचास लाख सन्देश प्रवाह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ ।

बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए ।

उनले भने ‘शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।’

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =