झरीका बाबजुद टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । बडा दसैँको उमङ्ग अझै सेलाएको छैन । विजयादशमीको दिनदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम यस वर्षको झरीले केही प्रभावित पारे पनि कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा ‘अखिल बलि पूर्ति’ का साथ समापन हुनेछ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिने यो पर्व नेपालीहरुले विशेष उत्साहका साथ मनाउँछन् । दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी सुरु भएको यो पर्व विजयादशमीका दिन देवी विसर्जनपछि टीका र जमरा लगाउने क्रम सुरु हुन्छ ।

यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि सुरु भएको अविरल वर्षाले दसैँको चहलपहललाई केही सुस्त बनाएको छ । लगातारको झरीका कारण टाढाका आफन्तजन तथा मान्यजनकहाँ आशीर्वाद लिन जानेहरुको यात्रा तालिका प्रभावित भएको छ । सरकारले पनि भारी वर्षालाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।

तथापि, मौसमको प्रतिकूलताका बाबजुद पनि दसैँको सांस्कृतिक महत्व र पारिवारिक भेटघाटको परम्परा यथावत छ । नजिकका परिवारका सदस्यहरु, जो काम विशेषले टाढा रहेका हुन्छन्, उनीहरु कोजाग्रत पूर्णिमासम्म टीका लगाउन ओहोरदोहोर गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =