विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखलाई निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै आ–आफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखलाई अनिवार्य रूपमा कार्यस्थल पुगेर विपद् प्रतिकार्यको व्यवस्था मिलाउन तथा सोहीअनुसार सतर्कता अपनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले भनेको छ, ‘यही असोज १८ गतेसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगिसक्ने व्यवस्था मिलाउन हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न÷गराउन अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =