चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यता : भट्ट

काठमाडों । सरकारले परिस्थितिवश दशैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ ।

शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दशैँको बीचमा यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरु सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको बताए ।

पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको बताए । सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको बताए ।

उनले विपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरु धेरै खटाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =