शनिवार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

काठमाडौं । वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन् ।

शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको बताए ।

आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको जानकारी दिए ।

३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा जारी रहेको बताए ।

आईतवार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर जारी रहने र सोमवार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुने बताए । खोलाहरुमा पानीको बहाव बढ्दै गएको भन्दै रेड अलर्ट जारी गरिएको बताए ।

उनले कमला नदी जलाधारको क्षेत्रमा पनि शतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको बताए ।

१२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको बताए । प्रतिघण्टा २५—३० मिलिमिटर वर्षा भइरहेको बताए । रातिको समयमा र आईतवार जाखिम अत्याधिक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =