अविरल वर्षाका कारण त्रिभुवन विमानस्थल दिउँसो ३ बजेसम्म बन्द

काठमाडौं । देशभर भइरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ ।

प्रतिकूल मौसमका कारण उडान सुरक्षामा जोखिम देखिएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

लगातारको वर्षाले हवाइ उडान मात्र होइन, सडक यातायातसमेत प्रभावित बनेको छ । प्रमुख राजमार्गहरूमा पहिरो र कटानका कारण सवारी आवागमन ठप्प छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाका  नागढुंगा, साँगा, फर्पिङलगायत स्थानहरूमा सवारी साधन रोकिएका छन्, जसका कारण यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

सुरक्षा निकाय, ट्राफिक प्रहरी र विपद् व्यवस्थापन टोलीहरू प्रभावित क्षेत्रहरूमा परिचालित छन् भने मौसम सुधार नहुँदासम्म आवागमन सामान्य नहुने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =