दुर्गा मूर्ति विसर्जन क्रममा भएको दुर्घटनामा ११ जनाको निधन
२०८२ असोज १७ गते

काठमाडौं । मध्य प्रदेशको खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गा मूर्ति विसर्जनको र्यालीका क्रममा एउटा ट्र्याक्टर-ट्रली पल्टिँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य धेरै घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो दुःखद घटना खाण्डवा जिल्लाको एउटा पोखरी नजिक भएको हो । दुर्गा माताको मूर्ति विसर्जनका लागि जाँदै गरेको ट्र्याक्टर-ट्रली अनियन्त्रित भई पोखरीमा खसेको थियो । घटनालगत्तै स्थानीय बासिन्दा र प्रशासनको टोली उद्धारका लागि खटिएको थियो ।
अहिलेसम्म ११ जनाको शव निकालिएको जिल्ला प्रशासनले पुष्टि गरेको छ । ट्रलीमा करिब ३० देखि ३२ जना सवार रहेको अनुमान गरिएको छ । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
२०८२ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








