जीवित देवीबाट दशैंको आशीर्वाद

कुमारी आर्यतारा शाक्यले बिहान ११ बजेदेखि टीका लगाइदिने

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन विजया दशमीको अवसरमा हनुमानढोकास्थित कुमारीघरकी जीवित देवी आर्यतारा शाक्यले आज सर्वसाधारणलाई टीका लगाइदिने भएकी छिन् । कुमारीघर व्यवस्थापन समितिले दिएको जानकारीअनुसार, बिहान ११ बजेपछि सर्वसाधारणले जीवित देवी कुमारीबाट टीका ग्रहण गर्न सक्नेछन् ।

जीवित देवीका रूपमा पुजिने कुमारीलाई नवदुर्गा भवानीको प्रतीक मानिन्छ । परम्पराअनुसार, महानवमीको राति कुमारी आर्यतारालाई तलेजु भवानीको दर्शन गराइएको थियो । जीवित देवीमा विशेष शक्ति प्राप्त हुने जनविश्वासका साथ मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन रहिआएको छ ।

विजया दशमीको टीका-जमरा स्वयं देवी दुर्गाको प्रसाद भएकाले टीका लगाउनका लागि साइत हेरिराख्नु पर्दैन भन्ने धार्मिक मान्यता छ । यद्यपि, उत्तम साइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई शुभ साइत निर्धारण गरेको छ ।

यस वर्ष भने प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =