बैतडीमा भ्यान दुर्घटना, तीन गम्भीर घाइते
२०८२ असोज १५ गते

बैतडी । बैतडीको पाटन नगरपालिका–६ गाङको मोडमा आज बिहान भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । सुप प्र ०१–००१ च ४१२८ नम्बरको भ्यान खोल्सीबाट पाटन बजारतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा पाटन नगरपालिका–४ का भ्यान चालक मानध्वज भट्ट, रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका छन् । बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेपनि प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोडमा सन्तुलन गुमाएको आशंका गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।
२०८२ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








