त्रिनगर नाकाबाट नौ हजारभन्दा बढी व्यक्ति स्वदेश भित्रिए

गोदावरी । कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन् ।

रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरु दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्याङ्क छ ।

त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिए भने २०९ जना भारत गएका छन् । असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारततर्फ लागेका छन् ।

साथै असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन् भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना भारत पसेका छन् ।

असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएका छन् । यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =