सुतिरहेको अवस्थामा सर्पले टोक्दा तीन वर्षीय बालकको मृत्यु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

गएराति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =