ठूला नेतालाई बिदा नगरेसम्म देश बन्दैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको राजनीतिक वृत्तमा रहेका ‘सिण्डिकेटधारी दल’ र तिनका ‘नाइके’हरूलाई बलपूर्वक विदाइ नगरेसम्म देशको उन्नति असम्भव रहेको ठोकुवा गरेका छन् । उनले ठूला दलका ठूला नेताहरूको निरन्तरताले देशलाई अग्रगमनको बाटोमा हिँड्न नदिएको आरोप लगाएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबार, रामशाहपथ र बहादुरभवनजस्ता शक्तिकेन्द्रहरूमा अझै पनि ‘तीन दलको छायाँ र विषादी’ व्याप्त रहेको बताए। यसले गर्दा देशले चाहेजस्तो प्रगति हासिल गर्न नसकेको उनको भनाइ थियो ।

साहले अहिले देश ‘विषम परिस्थिति’बाट गुज्रिरहेको उल्लेख गर्दै हरेक देशभक्त नेपाली नागरिकलाई चनाखो हुन आह्वान गरे । उनले देश र जनताको भलाइका लागि वर्तमान राजनीतिक संरचनामा आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =