काठमाडौंमा खसीबोका किनमेल जारी

काठमाडौं । चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ ।

त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ ।

तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेको गुनासो उनीहरुको छ ।

काठमाडौंका भृकुटीमण्डप, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =