पहिलो पटक ‘पूर्व श्री ५’ लेखिएको लेटरप्याडबाट सार्वजनिक भयो ज्ञानेन्द्रको सन्देश

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको दसैं सन्देश यसपटक विशेष तरिकाले सार्वजनिक भएको छ । निर्मलनिवासले पहिलोपटक ‘पूर्व श्री ५’ भन्ने सम्बोधन राखिएको लेटरप्याड प्रयोग गरेर सन्देश जारी गरेको हो ।

आइतबार सार्वजनिक गरिएको दसैं सन्देशमा ज्ञानेन्द्र शाहलाई ‘पूर्व श्री ५’ भनेर सम्बोधन गरिएको छ । यसअघि निर्मलनिवासबाट सार्वजनिक हुने विज्ञप्तिहरूमा उनलाई ‘श्री ५ महाराजधिराज’ भनेर उल्लेख गरिँदै आएको थियो ।

गत असारमा संविधानले चिनेको हैसियतभन्दा बाहिर गएर ‘श्री ५ महाराजधिराज’ लेखिएको लेटरप्याड प्रयोग गरिएको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरोले पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकलाई सोधपुछसमेत गरेको थियो ।

त्यस क्रममा पाठकले त्यस्तो सम्बोधन गरिएको लेटरप्याड अब प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको थियो ।

नयाँ सम्बोधनसहितको यो लेटरप्याड प्रयोगले पूर्वराजाको सन्देश सार्वजनिक गर्ने शैलीमा आएको परिवर्तनलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =