प्राधिकरणले सोही अवधिभित्र बक्यौता बुझाउन नआए कानून अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न विद्युत प्राधिकरणको २१ दिने अल्टिमेटम
२०८२ असोज १२ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगीहरूलाई बक्यौता तिर्न २१ दिने अल्टिमेटम दिएको छ ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता रकम भुक्तानी गर्नुपर्ने जनाएको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महशुल तिर्न बाँकी रहेका ग्राहकलाई तोकिएको समयसीमाभित्र भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ ।
यसअघि प्राधिकरणले प्रशासकीय पुनरावलोकनका लागि उद्योगीहरूलाई २०७९ जेठ २० गतेभित्र निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यस अनुसार २०८२ वैशाख २६ र ३० गते गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो। तर, प्राधिकरणको सञ्चालक समितिको असोज १० गतेको बैठकले सो पुनरावलोकन प्रक्रिया बन्द गर्ने निर्णय गरेपछि अब पूर्वनिर्धारित शुल्कमै बक्यौता तिर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
प्राधिकरणका अनुसार बक्यौता रकम टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड र टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना गरिएको छ। यद्यपि, इच्छुक उद्योगीहरूलाई २८ किस्तामा रकम तिर्न सकिने व्यवस्था गरिएको छ ।
२०८२ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








