दशैँको रौनकः चोक–चोकमा पिङ (तस्बिरहरु)

काठमाडौँ । नेपालीहरूको महान चाड विजयादशमी नजिकिँदै गर्दा देशभर चाडपर्वको रौनक सुरु भइसकेको छ । असोज ६ गते घटस्थापनासँगै विधिवत रूपमा सुरु भएको दशैँ पर्वको मुख्य दिन टीका लगाउने साइत भने असोज १६ गते तोकिएको छ ।

दशैँ नजिकिँदै जाँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा चोक–चोकमा लिङ्गे पिङ हरू ठड्याइएका छन् । बालबालिकादेखि युवा पुस्तासम्म पिङ खेल्न व्यस्त देखिन्छन् । चिटिक्क सजिएका ती पिङहरूमा रमाइरहेका हँसिला अनुहारहरूले दशैँको माहोल झनै रंगीन बनाएको छ ।

दशैँको तयारीमा बजारहरू पनि चलायमान भएका छन् । नयाँ लुगा किन्नेहरूको भीड कपडा पसलहरूमा बाक्लो देखिन थालेको छ । व्यवसायीहरूका अनुसार ग्राहकहरूको चाप पछिल्लो केही दिन यता उल्लेखनीय रूपमा बढेको छ ।

नेपालमा दशैँलाई विशेष महत्त्वका साथ मनाइन्छ । परिवारजनसँग भेटघाट, आशिष ग्रहण, र सामूहिक उत्सवको अवसरका रूपमा यो पर्वलाई लिइन्छ । परम्पराअनुसार घरघरमा जमरा राखेर दशैँको सुरुआत गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =