दशैँमा गाउँः बाईबाई काठमाडौं (तस्बिरहरु)

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आईतवार बिहानैदेखि उल्लेख्य भीड छ ।

काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए ।

दशैँ, तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरु फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ ।

केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् ।

यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =