गाजाबाट ७ लाख मानिसहरु भागेको इजरायलको दाबी

एजेन्सी । इजरायली सेनाले एन्क्लेभको सबैभन्दा ठूलो शहरी केन्द्रमा आफ्नो जमिन र हवाई आक्रमण तिब्र पारेपछि लगभग ७ लाख प्यालेस्टिनीहरू गाजा शहरबाट भागेको बताएको छ ।

सैन्य प्रवक्ता एफी डेफ्रिनले पत्रकारहरूलाई अगस्टको मध्यदेखि जब इजरायलले गाजा शहरमा आफ्नो नयाँ आक्रमण शुरु गरेको र त्यस समय यता लगभग ७ लाख बासिन्दाहरू विस्थापित भएको बताए ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले बिहीवार एक विज्ञप्तिमा भनेको छ कि अगस्ट १४ देखि सेप्टेम्बर २३ सम्म लगभग ३ लाख ८८ हजार ४ सय विस्थापन आन्दोलन रेकर्ड गरिएको छ ।

जसमध्ये धेरैजसो गाजा शहरबाट खान युनिस र देइर अल–बलाहतर्फ एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण परियोजनाहरूले सेप्टेम्बरको अन्त्यसम्ममा अनिकालको सामना गर्नेछन् ।

अगस्टको मध्यदेखि इजरायली सेनाले यस क्षेत्रमा २ हजार भन्दा बढी आतंकवादी लक्ष्यहरूमा प्रहार गरेको छ । वायुसेनाले लडाकु जेट, ड्रोन र हेलिकप्टर प्रयोग गरेर प्रतिदिन लगभग २०० हमला गरिरहेको छ ।

गाजामा इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । यससँगै अक्टोबर ७, २०२३ देखि अहिलेसम्म मृत्यु हुनेको संख्या ६५ हजार ४१९ पुगेको छ भने १ लाख ६७ हजार १६० जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीवार बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =