दक्षिण चीनमा आँधी, हङकङमा चेतावनी हट्यो

काठमाडाैं । दक्षिण चीनमा आँधी आएको छ । २०२५ को १८ औं आँधीलाई रागासा नाम दिइएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा बुधवार साँझ ५ बजेतिर आँधी आएको हो । जसले केही परिवार विस्थापित भएको छ ।

हङकङ वेधशालाले बुधवार दिउँसो सुपर आँधी रागासाको चेतावनीको स्तर घटाएको छ । हङकङबाट टाढा जाँदै गर्दा नम्बर ८ साउथईस्ट गेल वा आँधी संकेत जारी गरेको हो । संकेतको अर्थ रागासाले बुधबार बिहान जारी गरिएको आँधी संकेत नम्बर १० को ११८ किलोमिटरको तुलनामा ६३ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्नेछ ।

वेधशालाले बुधवार राति ८ बजेसम्म नम्बर ८ संकेत कायम राख्ने अपेक्षा गरेको छ । मुसलधारे वर्षा र तेज हावाका कारण बुधवार दिउँसोसम्म ४३७ रूखहरू ढलेको, १५ पानी जमेको र एउटा हिलो पहिरोको रिपोर्ट आएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =