लक्ष्मी सन्राईज बैंकको अगुवाइमा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोबीच लगानी गर्ने सम्झौता

काठमाडौँ । लक्ष्मी सन्राईज बैंक लीको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.ली. बिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।

कम्पनीका अनुसार दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिनुका साथै मङ्सिर ६, २०७८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

सो कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा आयु मलुन हाइड्रोपावर ली., दम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ ।

सहवित्तियकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रूपमा रहेका छन् भने कूल प्रोजेक्ट फाइनान्स रु. १० अर्ब ५० करोड रहने छ ।

सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात् वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र ऊर्जा उत्पादकको मध्यको रूपमा रहने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =