मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ ।

तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ ।

सडक पूर्ण रूपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । बुधवार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भएपनि वर्षा भएपछि काम रोकिएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारी साधन र यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

स्थानीय प्रशासनले चितवन–काठमाडौँ आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई पनि विकल्पको रूपमा प्रयोग गर्न भनेको छ ।

मकवानपुरको हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =