सीजीको साना घरायसी उपकरणको खरिदमा भियतनाम ट्रिप र हिरो स्प्लेन्डर+ बाइक

काठमाडौँ । सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन CG तथा CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई आकर्षक पुरस्कार जित्ने अवसरसमेत मिल्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुसी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको हो ।

योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको सम्मिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउने बताइएको छ ।

प्रमुख पुरस्कारहरू

 बम्पर पुरस्कार

अभियानको अन्त्यमा भाग लिने भाग्यशाली विजेताले पाउनेछन्

  • अविस्मरणीय भियतनाम ट्रिप
  • हिरो स्प्लेन्डर+ मोटरसाइकल

Fortnightly Lucky Draw

योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् ।

सहभागिता प्रक्रिया

यस योजनामा सहभागी हुन ग्राहकहरूले CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुने कम्पनीले जानकारी दिएको छ ।

योजना सञ्चालन र उपलब्धता

यो योजना भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =