अब संसद् पुनःस्थापनाको माग उठाउनु उचित होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको अवस्थामा संसद् पुनःस्थापनाको माग गर्नु उपयुक्त नहुने बताएका छन् ।

उनले राष्ट्रपतिले अफ्ठ्यारो परिस्थितिमा जिम्मेवारी सम्हाल्दै निर्वाचनको मिति घोषणा गरिसकेको भन्दै पार्टीले अब चुनावमा जानुपर्ने बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संसद् विघटनबारे पार्टीभित्र फरक–फरक मत रहेको स्वीकार गरे । ‘संसद् पुनःस्थापना गर्नुपर्छ भन्ने मत पनि छन्, प्रत्यक्ष चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ,’ उनले भने, ‘हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने छौँ । तर मेरो व्यक्तिगत धारणा भनेको निर्वाचनको मिति तोकिसकेको अवस्थामा अब पुनःस्थापनाको माग गर्नु हुँदैन ।’

उनले राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकारको संरचना बनाउँदै निर्वाचनतर्फ डो¥याउने प्रयास गरिरहेको भन्दै त्यसलाई सहज रूपमा अगाडि बढाउनु पर्ने बताए ।

त्यस्तै, महामन्त्री शर्माले जेनजी नामक अभियानको मागप्रति समर्थन जनाउँदै, परिवर्तनका लागि योगदान दिनेहरूलाई राज्य संयन्त्रमा प्रतिनिधित्व दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बलिदान दिने बेलामा जेनजी, परिवर्तनका लागि लड्ने बेलामा जेनजी, सरकार बनाउने पहल गर्ने पनि जेनजी नै । अब सरकार गठनको अन्तिम चरणमा पुगेका बेला उनीहरूको प्रतिनिधित्व विना सरकार बनाउनु न्यायसंगत हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =