नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे हुँदै

काठमाडौं। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह सारिएको छ ।

शीतल निवासमा आज दिउँसो २ बजेका लागि तय भएको कार्यक्रम अब ३ बजे सुरु हुने भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई ५ जना मन्त्रीहरूको नाम सिफारिस गरेकी थिइन् ।

तर, नाम पठाइएका व्यक्तिहरूको नाममा केही विवाद उठेपछी, राष्ट्रपति कार्यालयले यसलाई ‘होल्ड’ मा राख्न भनेको छ । यस कारण मन्त्री नियुक्ति प्रक्रिया केही विलम्ब भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सँगै संगीता मिश्रा, आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र पूर्व राज्‍य पुनःसंरचना समितिका संयोजक मदन परियारलाई मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

तर, मिश्रासँग सम्बन्धित विवादको कारण मन्त्रीको नाम परिवर्तन हुने सम्भावना रहेको र त्यसका कारण मन्त्री नियुक्तिको प्रक्रिया अहिले रोकिएको एक स्रोतले जानकारी दिएको छ ।

अख्तियारमा छानबिन भइरहेको कारण मिश्रा विवादित बनेकी छन् । स्रोतका अनुसार, मन्त्रिमण्डलको नामको अन्तिम सूचीमा केही परिवर्तन हुनसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =