नेपाल मानव धर्म सेवा समितिद्वारा रक्तदान कार्यक्रम : ३ सय पिन्ट रगत संकलन

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले देशका विभिन्न ७ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा झण्डै तीन सय पिन्ट रगत संकलन भएको छ ।

मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मदिनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २ सय ९५ जनाले रक्तदान गरेका हुन् ।

संकलित रगत मध्य काठमाडौँमा ८४ पिन्ट, बुटवलमा ५८ पिन्ट, धुलावारीमा ४१ पिन्ट ईटहरीमा ३७ पिन्ट रगत जम्मा भएको छ । त्यस्तै पोखराबाट ३२ पिन्ट, नेपालगंजबाट ३१ पिन्ट र टिकापुरबाट १२ पिन्ट रगत संकलन भएको हो ।

जेन जीको आन्दोलनमा देशका सबैजसो स्थानमा धेरै घाइते विरामी भएको र रगतको अभाव चरम अवस्थामा पुगेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताएका छन् ।

२१ सेप्टेम्बरमा महाराजजीको जन्म दिन पर्ने र उनको जन्मदिनमा सामाजिक उत्तरदायित्व पूरा गर्ने हिसावले विभिन्न सामाजिक क्रियाकलापहरु पनि संस्थाले गर्दै आएको छ ।

संस्थाले रक्तदानका अलावा देशका विभिन्न स्थानमा सरसफाइ, शैक्षिक सामग्री वितरण जस्ता क्रियापकलाहरु पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =