पुनः निर्माणको सामग्री आयातमा ५० प्रतिशत छुट
२०८२ असोज ६ गते

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका कारण नष्ट भएका संरचनाको पुनः निर्माणमा सहयोग पुर्याउने उद्देश्यले विशेष राहत योजना सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।
यस निर्णयले आन्दोलनको असरबाट प्रभावित उद्योग, व्यवसाय र आर्थिक गतिविधिहरूलाई पुनः क्रियाशील बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । साथै बीमा प्राधिकरणमार्फत बीमा कम्पनीहरूलाई कुल क्षतिको ५० प्रतिशतसम्म अग्रिम बीमा रकम भुक्तानी गर्न व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ ।
२०८२ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








