नारायणगढ–मुग्लिन सडक आंशिक सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो हटाइएपछि सडक पुनः सुचारु भएको छ । शुक्रबारदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आइतबार अपरान्हबाट आंशिक रूपमा खुलाइएको हो ।

तुइन खोलाको मोडमा खसेको ठूलो पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द हुँदा यात्रुहरू अलपत्र परेका थिए । पहिरो पन्छाउने कार्यमा दुबै तर्फ (नारायणगढ र मुग्लिन) बाट मेसिन प्रयोग गरिँदै आज बिहान ४ बजेदेखि काम सुरु गरिएको थियो ।

प्रहरी र सडक डिभिजन कार्यालयका अनुसार लगातारको प्रयासपछि आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । पूर्णरूपमा सडक सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ ।

स्थानीय प्रशासनले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =