दाउन्ने सडकखण्डमा दसैँ अवधिभर ठूला सवारीलाई निषेध
२०८२ असोज ४ गते

काठमाडौँ । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला सवारीमा रोक लगाइएको छ ।
आज भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छलफलमा १२ चक्के र सोभन्दा माथिका ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रालयले यात्रुवाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला सवारीलाई रोक लगाए पनि खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन गर्ने व्यवस्था गरेको मन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ ।
२०८२ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








