सुपथ मूल्य पसलमा सामान खरिद गर्दै उपभोक्ता (तस्बिरहरू)
२०८२ असोज ४ गते

काठमाडौँ । विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उक्त चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।
सरकारले दसैँ, तिहार र छठ पर्वका लागि वर्षेनी सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ ।
हाल देशभरि १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई चामल, दाल, तेलमा छुटसहित सामान उपलब्ध गराइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








