दसैँ मनाउन घर जानेहरूको चहलपहल बढ्यो

काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ ।

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।

यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । जेन–जी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरू बिदा भइसकेका छन् ।

विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो । गएका वर्षहरूमा यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए ।

फूलपातीदेखि टीकाको दिनसम्मलाई दसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष दसैँको टीका असोजको १६ गते रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =