पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन
२०८२ असोज १ गते

गण्डकी । जेनजी आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा आज साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
पोखरा बजारका चिप्लेढुङ्गा, पृथ्वीचोक, बिरौटा, तल्लो गगनगौँडालगायतका मुख्य चोक, बजार क्षेत्रसहित विभिन्न टोलमा सर्वसाधारणले दीप प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगाँैडा चोकमा स्थानीयवासीले सामूहिक रुपमा दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका–३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिए ।
२०८२ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








