घाइते प्रहरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे उर्जामन्त्री र गृहमन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याल नेपाल प्रहरी अस्पताल पुगेर आन्दोलनको क्रममा घाइते भएका प्रहरी तथा सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

दुवै मन्त्रीले अस्पतालमा उपचाररत १६ जना प्रहरी र १ जना सर्वसाधारणको अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रहरी अस्पतालमा घाइतेहरूको उपचार भईरहेको छ भने सुरक्षाकर्मीको हौसला अभिवृद्धि गर्न मन्त्रीद्वय अस्पताल पुगेका हुन् ।

मन्त्री घिसिङले अस्पतालमा बोल्दै शान्ति सुरक्षा कायम गर्न खटिएका सुरक्षाकर्मीप्रति सम्मान प्रकट गरे । त्यस्तै, गृहमन्त्री अर्यालले आवश्यक उपचारमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =