तिनाउ नदीमा बाढी बढ्दै गएपछि सतर्क रहन आग्रह

काठमाडौँ । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

पाल्पा, रुपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =