सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग

काठमाडौँ । मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधु सन्तले देशमा अमन चयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् ।

सनातन हिन्दु समाज नेपालको बैनरमुनि रहेर साधु सन्तहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सनातन हिन्दु राष्ट्र नै नेपालको पहिचान रहेकाले नेपालमा सदाका लागि अमन चयन स्थापित गर्न सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरे ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले मुलुकको नेतृत्वमा पुगेकाहरू बेलैमा नचेतेका कारण जेनजी पुस्तालाई आन्दोलित हुनु परेको भन्दै अहिले पनि समय बाँकी नै रहेकाले नेपालको पहिचानको रूपमा रहेको हिन्दु राष्ट्र कायम गर्नेतर्फ युवा पुस्ताहरू लाग्नुपर्नेमा जोड दिए ।

उनले मुलुकको अमन चयन नै सर्वोपरि रहेको र यसका लागि हिन्दु राष्ट्र आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =