मन्त्रिपरिषद् ११ सदस्यमै सीमित हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने स्पष्ट गरेकी छन् ।

साथै, उनले मन्त्री पदका लागि कुनै पनि राजनीतिक दल वा तिनका भातृ संस्थासँग आबद्ध व्यक्तिलाई चयन नगर्ने घोषणा गरेकी छन् ।

बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले आफूले बनाउने मन्त्रिपरिषद् पूर्ण रूपमा समावेशी र क्षमतामा आधारित हुने बताइन् । ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो,’ उनले भनिन् ।

हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेका छन् भने बाँकी पदमा नियुक्ति गर्दा विविध समुदाय तथा पृष्ठभूमिका योग्य व्यक्ति खोजिनेछ ।

प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधिमा संलग्न नभएका, विभिन्न सामाजिक वा व्यावसायिक क्षेत्रबाट अनुभवी तथा निपुण व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा समावेश गरिने जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =