जेनजी आन्दोलनबाट जोगिएका शोरुम चलायमान हुने कोसिसमा

काठमाडौँ । जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलीका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोसिसमा रहेका छन् ।

दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नि आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले यहाँको केही शोरुमहरुमा आगजनी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए ।

प्रदर्शनकारीको निशानामा यहाँका सिजी मोर्टस, सिप्रदी, हुण्डाई र महिन्द्राका शोरुम परेका थिए ।

गाडीका शोरुमहरूमा करोडौँको क्षति भएको छ ।

एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका सोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिएका छन् । यी जोगिएका शोरुमहरु फेरि चलायमान हुने कोसिस गरिरहेका छन् । यी कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न अफरहरू समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =