शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सरसफाइ (तस्बिरहरू)

काठमाडौँ । शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सरसफाइ गरेको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको हो ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका सार्थ दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरूमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =