व्यावसायिक समुदायको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई नाडाको अनुरोध

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो जनाएको हो ।

नाडाले हालै देशव्यापी रूपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका भन्दै कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको विज्ञप्तिमा उल्लेख छ ।

देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र दीर्घकालीन रूपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको जानकारी दिइएको छ।

साथै शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठिन समस्याहरूको समाधान खोज्न सकिन्छ भन्ने विश्वास रहेको उल्लेख गरिएको छ । साथै, सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =