सुनको मूल्यमा गिरावट, आइतबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ७०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला २ लाख १५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य प्रति तोला २ लाख १५ हजार ८०० रूपैयाँ रहेको थियो ।

यसैबीच, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आइतबार चाँदी प्रति तोला ५ रूपैयाँले बढेर २ हजार ५७० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रति तोला २ हजार ५६५ रूपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =