संसद् विघटन भएसँगै रूपन्देहीको उपचुनाव स्वतः रद्द
२०८२ भदौ २८ गते

काठमाडौं । रूपन्देही-३ र मनाङमा घोषणा गरिएको उप निर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि संघीय संसद विघटन भइसके र अन्तरिक सरकारले नयाँ मिति घोषणा गरेकाले पूर्वनिर्धारित उपनिर्वाचज रद्द भएको हो ।
निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि यसको तयारी गरेसँगै दलहरूले पनि अन्तिम तयारी गरिसकेका थिए, केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो ।
०७९ मा रूपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ । मनाङ १ (२) बाट निर्वाचित दीपक मनाङेबारे अदालतको आदेशपछि पद खाली भएको थियो ।
२०८२ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








