नवलपरासी कारागारमा १९ कैदी फर्किए
२०८२ भदौ २७ गते

फाइल तस्बिर
नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।
कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधवार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।
कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधवार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए ।
२०८२ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित








