पोखरामा साँझ ७ बजेदेखि कर्फ्यु आदेश जारी

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले एक सूचना जारी गरी पोखराको वडा नं १ देखी ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको छ ।

जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

सो आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।

कफ्र्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । यसैगरी भदौ २७ गते बिहान ५ बजेदेखि विहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =